सातमहिनादेखि जारी रुस युक्रेन युद्ध पछिल्लो समय थपआक्रामकबन्नथालेको छ । जनमत संग्रहमार्फत युक्रेनकाचार क्षेत्र आफ्नो देशमागाभेपछि हौसिएको रुसले आक्रमणको निशानाकिएभ नै बनाएको छ । जनमत संग्रहमार्फत युक्रेनकाविवादास्पद क्षेत्र आफ्नो देशमागाभेपछि हौसिरएको रुसले राजधानी केन्द्रित आक्रमणलाई तीव्रतादिएको छ । युक्रेनको राजधानीकिएभमा सोमवार ८३ वटा मिसाइल आक्रमण भएका छन् ।
रुसको क्षेप्यास्त्रहमलाका कारण आठ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन् । देशकाअन्यभागहरूमा समेत विस्फोटन भइरहेका छन् । हालसम्म देशको मध्यमा रहेको डिनिप्रो, दक्षिणमा रहेको जेपोरिजा र पश्चिममा रहेको लभिभमाहमलाहरू भएका छन् । हमलामाकिभमा बनेको एक पैदलयात्रीकालागि बनेको पुल पूर्ण रुपमाक्षतिग्रस्त भएको छ । मानिसहरु क्लिट्स्को पुलको प्रयोग साइकलचलाउनकालागिपनि गर्छन् ।
यसलाई सन् २०१९ माबनाइएको थियो ।निपर नदीको किनारामा बनेको यो पुलपर्यटकलाई आकर्षित गर्न सफलथियो । क्लिट्स्को पुलको लम्बाई २१२ मिटर र उचाई ३२ मिटर छ । पुटिन भने यस्ता हमला गरेर रुसको महत्त्वपूर्ण नागरिक पूर्वाधार नष्ट गर्ने लक्ष्य राखिएको र आतङ्कवादी कार्य भएकोमा कुनै शङ्का नभएको बताउछन् ।
युद्धका क्रममा रुसले युक्रेनका केही क्षेत्र कब्जा गरेको घोषणा गरे लगतै युक्रेनको विवादास्पद क्षेत्रमा रुसले जनमत सङ्ग्रहमात्रै गरेन, धेरैजसो नागरिकले रुसमागाभिने पक्षमामतदिएको भन्दै रुसका चार क्षेत्रआफूमागाभिएको घोषणा नै गरेको थियो । पश्चिमाशक्तिले जनमत संग्रहको विरोध गर्दै, अवैधानिक घोषणा नै गरे ।
उता मस्कोले युक्रेनका केही क्षेत्रलाई आफूमागाभेर, धम्कीदिएकै भरमा युद्ध जित्ने प्रयास गरिरहेको छ ।युक्रेनलाई थप सैन्य सहायता पठाउने संयुक्त राज्य अमेरिकाको निर्णयले रुस र पश्चिमा देशबीच प्रत्यक्ष सैनिक द्वन्द्वको खतरा बढाएको मस्कोले चेतावनी यसअघि नै दिइसकेको छ ।
दुई देश बिचको युद्ध चलिरहदायुक्रेनलाई थप सैन्य सहयोग गर्ने अमेरिकी निर्णयबाट रूष्ट बनेको रूसले अमेरिकासँग सीधा सैन्य भिडन्तको जोखिम बढाएको चेतावनी दिएको थियो ।यद्ध आक्रामक बन्दै जाँदा दुई देशबीच सीमित युद्ध तेस्रो मुलुकमा फनि फैलने चिन्ताले विश्व समुदाय त्रसित छ ।


प्रतिक्रिया