Breaking

त्याग भन्दै आफन्त अघि सार्दै नेता, दम्पत्तीदेखि छोरीसम्म उम्मेदवार, के हो उम्मेदवार बन्ने योग्यता ?


काठमाडौँ — राजनीतिक दलहरुमा परिवारवाद हावी रहेको विषय उम्मेद्वार चयनमा पनि छर्लङ्ग देखियो । आफूले त्याग गरेको बताउनेहरुले नै आफ्ना आफन्त र सन्तानलाई अनुकुल बातावरण मिलाउन तर्फ अघि बढेपछि दलहरुले यो नियतीबाट छुटकारा पाउने सम्भावना कम देखिएको छ । नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराई आगामी निर्वाचनमा उम्मेद्धार बनेनन् । आफ्नो निर्वाचन क्षेत्र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएर सहयोग गरेका उनको यो कदमलाई धेरैले प्रशंसा पनि गरेका छन । यसले परिवर्तनको नयाँ अध्याय सुरु भएको उनीहरुको तर्क छ ।

स्वयम भट्टराईले पनि कुर्सीमा बस्नुपर्ने परम्परालाई तोड्दै आफूले यसपटक निर्वाचनमा उम्मेदवारी नदिएको बताएका छन् । तर उनको यो त्यागमा छोरीको चुनावी टिकटमा अडिएको देखिएपछि उनको वास्तविकता वाहिर आएको छ ।छोरी मानुषीले काठमाडौं ७ बाट माओवादी केन्द्र र नेसपार्टीले हँसिया हथौडा चुनाव चिह्न लिएर निर्वाचनको टिकट पाएपछि उनले भनेको पुस्तान्तरण र त्याग केवल छोरी मोह भन्दा माथि नभएको भन्दै आलोचना सुरु भएको छ ।

यो पटक निर्वाचन नलडेपनि राजनीतिमा सक्रिया रहने भट्टराईको कुराले समेत यसलाई पुष्टि गर्छ । पूर्व सभामुख अग्नी सापकोटाले पनि यो निर्वाचन नलड्ने बताएका थिए ।चुनावको मनोनयन हुने अघिल्लो दिन उनले पत्रकार सम्मेलन गर्दै सो घोषणा गरेका उनले आफू सिन्धुपाल्चोक १ बाट १ नम्बरमा सिफारिस भएको र जित्ने निश्चित भए पनि युवाहरूकै लागि यस्तो कदम उठाएको उनको दाबी गरे ।

आफ्नो निर्णयले राजनीतिमा नयाँ रक्तसञ्चार गर्ने पनि उनको दावी गरेका उनको ठाँउमा भतिज सुवोध सापकोटा उम्मेद्धार बनेपछि सापकोटाको पनि वास्तविकता अघि आएको छ । आफ्नो छोरा आफ्नै पेशा रहेकोले यो निर्णय उनीहरुलाई अघि नसार्ने बताएका उनले भतिजलाई अघि सार्नेमात्र नभएर आफू राजनितिमा सक्रिय रहने समेत बताएका छन ।

निर्वाचनबाट आफूलाई पछि राख्नेमा पूर्वसभामुख कृष्णबहादुर महरा र एमाले नेतृ अष्टलक्ष्मी शाक्य पनि छन ।उनीहरुले भने अरुलाई अघि सारेका छैनन् । तर भट्टराई र सापकोटाले भने त्यागको नाममा घुमाउरोपारामा आफन्तवादलाई हावी बनाएका छन ।

बाहिर नैतिक देखिने र नैतिक बन्न प्रेरणा दिने तर भित्रभित्रै आफन्तवादलाई हावी बनाउने यो सूचीमा गृहमन्त्री वालकृष्ण खाँण पनि छन ।खाणँले कार्यकर्तालाई वुद्ध बन्न भन्ने तर आफ्नो चाँहि श्रीमतीलाई समेत समानुपातिकमा राख्दा प्रचण्डका ज्वाईले समेत टिकट पाएका छन । माओवादी नेता वर्षमान पुन र श्रीमती ओनसरी घर्तीले नै चुनावी मैदानमा छन ।

एमालेका शेरबहादुर तामाङले श्रीमतीलाई पनि टिकट दिलाउने प्रयास गरेपनि सफल भएनन् तर रघुवीर महासेठ र जुली महतो दम्पतीले नै टिकट हत्याएका छन । यी त प्रनिनिधि उदाहरणमात्र हुन । जसले कहि घुमाउरो पारामा र कतै खुल्लमखुल्ल आफन्तलाई अघि सार्ने प्रवृत्तीलाई छर्लङ पारेको छ । जसलाई राजनितिक विश्लेषक डम्बर खतिवडा पद्धती अभावको उपजका रुपमा अथ्र्याउछन ।

वैकल्पिक शक्ती भन्दै राजनितिमा होमिएका र स्वतन्त्रहरुमा देखिएको आकर्षणले सुध्रन दवाव परेको भनिएकै वेला नेता र दलहरुमा भने यो नियती जस्तै बन्दै गएको छ । योवीचमा हिजो युद्धकाल र राजनितिक आन्दोलनका वेला उनीहरुका परिवारले गरेको योगदानलाई परिवारवादका नाममा अवमुल्यन गर्न नमिल्ने तर्क गर्नेहरु पनि छन ।

जसको प्रत्युत्तरमा के उनीहरुको योगदानको पाईपाई राज्य र जनताले तिनुपर्ने हो भन्ने प्रश्नपनि छ । तर यो प्रश्न र वहसका वीच पनि न त यसलाई परास्त गर्न मतदाता तयार छन न त नेताहरुले सुध्रिने संकेत नै देखाए । बरु नयाँ तरिका र शिराबाट यसलाई मलजल गर्नेमा मै दल र नेताहरु व्यस्त छन ।