Breaking

सरकारी गाडीको ठक्करबाट ४ वर्षिय बालकको ज्यान गयो


काठमाडौँ — सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-४ स्थित शिवसागर चौकमा आज९सोमबार० दिउँसो सरकारी नम्बरको स्कारपियो गाडीको ठक्करबाट एक ४ वर्षिय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाकै ईश्वरपुर नगरपालिका वडा न-१४ बस्ने हिरालाल मण्डलको छोरा ४ वर्षिय निशान्त मण्डलरहेको छ ।

उक्त बालकलाई आज दिउँसो मलंगवाको अती व्यस्त शिवसागर चौकमा ना १ झ १७०० नम्बरको स्कारपियो गाडीले ठक्कर दिंदा घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । बालकलाई ठक्कर दिने उक्त सरकारी गाडी चक्रघट्टा गाउँपालिकाको अध्यक्षले चढ्दै आएको छ।

मृतक बालकका बुवा आमा दुवै जना मलंगवाकै एक प्लाइउड कारखानामा मजदुरी गर्दै आएका छन् । अहिले बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।