Breaking

उम्मेदवारीको भोलि पल्टै प्रदिप पौडेल मैदानमा, बालेनले दिए जितको शुभकामना


काठमाडौँ — उम्मेदवारी दिएकै भोलि पल्टै कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले सोमबार घरदैलो सुरु गरेका छन् । आइतबारमात्रै उम्मेदवारी दर्ता गराएका पौडेलले भोलिपल्टै घरदैलो सुरु गरेका हुन् । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली काङग्रेसका सत्ता गठबन्धन साझा उम्मेदवार पौडेलले सोमबार काठमाडौं महानगरपालिका–५ हाँडीगाउँबाट घरदैलो सुरु गरेका थिए ।

प्रदीपले घरदैलो गरिरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग जम्काभेट भएको छ । मेयर बालेनसँगै उपमेयर सुनिता डंगोल पनि थिइन् । काठमाडौं–५ मा सत्ता गठबन्धनबाट पौडेल र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी मैदानमा छन् ।

जम्काभेट भएपछि बालेन र प्रदीपबीच सामान्य भलाकुसारी भएको थियो । भेटमा प्रदीपलाई बालेन र सुनिताले जितको शुभकामना दिएका थिए । बालेनजी र सुनिताजीले मलाई शुभकामना दिनुभयो, मैले धन्यवाद दिएँ,’ प्रदीपले भने, ‘हुलमुलमा भेट भएका कारण लामो कुरा हुन सकेन ।