देश

सर्लाहीमा मनोनयन पत्र दर्ता भएसँगै चुनावी माहौल तात्तियो


काठमाडौँ— आज मनोनयन पत्र दर्ता भएसँगै सर्लाहीको चुनावी माहौल तात्तिएको छ। यसपालिको चुनावमा ठुला नेताहरु बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ। सर्लाहीको क्षेत्र न २ मा प्रतिनिधि सभा सदस्यको लागि लोकतान्त्रिक समाजवादी पार्टी लोसपा का नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टीमा भएपनि माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनाव लडेका महेन्द्र रायले मनोनयन पत्र दर्ता गराएका छन्।

त्यस्तै क्षेत्र न २ बाटै प्रतिनिधि सभाको लागि नेकपा एमालेबाट राजनारायण शाहले मनोनयन पत्र दर्ता गराएका छन्। यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र २ क मा कांग्रेसबाट बहुचर्चित एवं लोकप्रिय नेता जंगिलाल राय ,ख मा लोसपाबाट युवा नेता पुर्व जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले मनोनयन पत्र दर्ता गराएका छन् । यसैगरी क्षेत्र न(२ ९क० मा शुनिल कुमार साह र क्षेत्र न २ ख मा काँग्रेसबाट कौशल किशोर यादवले मनोनयन पत्र दर्ता गराएका छन् ।जसपाबाट प्रदेश सभाको लागि क्षेत्र न(२ को ९ख० बाट पुर्व प्रदेश सांसद एवं लोकप्रिय युवा नेता अशोक यादव र क्षेत्र न २ को क मा एमालेबाट किशुनदेव यादवले आफ्नो उमेदवारी दर्ता गराएका छन्।

यस्तै सत्ताधारी गठबन्धन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट संविधान सभा सदस्य नरेन्द्र साह तथा प्रदेश सभा क बाट नेकपा एकीकृत समाजवादीका डिल्ली प्रसाद उप्रेती र ख बाट नेपाली कांग्रेसका हरेस महतोको उम्मेद्वारी दर्ता भएको छ। विपक्षी गठबन्धन अन्तर्गत संघीय सांसदको उमेदवारमा नेकपा एमालेका हरि उप्रेती तथा प्रदेशको क मा गणेश प्रसाद प्रसाईं र ख मा जसपाका संजय यादवको उमेदवारी दर्ता भएको छ ।

त्यस्तै क्षेत्र नं ४ बाट प्रतिनिधि सभाको लागि पूर्व मन्त्री एवं नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिका पूर्व सभापति नागेन्द्र कुमार यादव र प्रदेश सभा निर्वाचन क्षेत्र नं। ४ ख मा मधेश प्रदेश महिला बालबालिका युवा तथा खेलकुद मन्त्री तथा नेपाली कांग्रेस प्रदेश कार्यसमितिका उप–सभापति विरेन्द्र प्रसाद सिंह क्रमशः प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको लागि उम्मेदवारी दर्ता गराएका छन् ।सोही क्षेत्रका नेपाली काँग्रेसका नेता डा अमरेश कुमार सिंहले पार्टीबाट टिकट नपाए पछि स्वतन्त्र रुपमा आफ्नो उमेदवारी दर्ता गराएको छ।

त्यस्तै सर्लाही क्षेत्र न १ मा दलीय गठबंधनका प्रतिनिधि सभामा राम प्रकाश चौधरी र क्षेत्र नः १ को क मा प्रदेश सभा सदस्यमा उपेन्द्र महतो र क्षेत्र नः १ को ख बाट प्रदेश सभा सदस्यमा बेची लुगेली गठबंधनको तर्फबाट मनोयन पत्र दर्ता गराएका छन्। नेकपा एमालेका नेता मानबहादुर खड्काले सर्लाही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमाले–जसपा गठवन्धनबाट निवर्तमान सांसद प्रमोद साहले टिकट पाएपछि खड्काले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

सर्लाहीको निर्वाचन क्षेत्र न २ मा प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्रबाट उमेदवारी दिएका डा विरभंश बैठा पनि कडा प्रतिस्पर्धी उमेदवारको रुपमा देखिएको छ।उहाँ चुनाव चिन्ह लौरो,लाठी लिएर चुनावी मैदानमा उत्रिनु भएको छ। मनोनयन पत्र दर्ता गर्ने समय बिहान १० बजेदेखिनै राखिएको भएपनि धेरैजसो उमेदवारहरुले दिउँसो २ बजेपछि मात्र मनोनयन पत्र दर्ता गराएका थिए।

मनोनयन पत्र दर्ता गर्न सर्लाहीको क्षेत्र न १ को लागि लालबन्दी ,क्षेत्र को २ लागि सदरमुकाम मलंगवा क्षेत्र न(३ को लागि हरिवन र क्षेत्र न ४ को लागि गोडैतामा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालय वरिपरि सम्भावित घटनालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएका थिए। आफ्ना समर्थकहरुको साथमा ठुलो तामझामका साथ निर्वाचन अधिकृतको कार्यालय परिसर पुगेका मुख्य राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रुपमा आआफ्नो मनोनयन पत्र दर्ता गराएका थिए।

निर्वाचन अधिकृतको कार्यालय परिसर भित्र साँझ ५ बजेभित्र प्रवेश गर्ने व्यक्तिले मात्र मनोनयन दर्ता गराउने सक्ने कानुनी प्रावधान रहेकोले सो समय भित्र प्रवेश गरिसकेका उमेदवारहरुको राति अबेरसम्म मनोनयन पत्र दर्ता गरिएको थियो।