काठमाडौँ— कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन्।
स्थानीय युवक हेमराज शाहीको मलामी गएका उनीहरुलाई माथिबाट पहिरोले बगाएको भन्ने स्थानीयले खबर गरेपछि प्रहरी त्यहाँ गएको र थप त्यसपछि थाहा हुने कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो । प्रहरी घटनास्थल जाँदै गरेको छ।
यस्तै, राँचुली गाउँमाथिबाट आएको पहिरोले २०० घरपरिवार विस्थापित भएका छन्। उनीहरु सबै अहिले त्यहाँको कालिका माविमा बस्न बाध्य छन् ।


प्रतिक्रिया