देश

गोरखा–२ बाट पुष्पकमल दाहालको उम्मेदवारी


काठमाडौँ— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गोरखा–२ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ । अध्यक्ष दाहालले आईतवार गोरखा–२ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन पत्र दर्ता गराउनुभएको हो ।

मनोनयन दर्तापछि बोल्दै उहाँले गोरखाबाट निर्वाचन लड्न पाउँदा गर्व लागेको बताउनु भयो ।अध्यक्ष दाहालले परिचित ठाउँ र परिचित जनताकोबीचमा आउँदा खुशी लागेको बताउनु भयो । उहाँले गठबन्धनबाट सुमधुर सम्बन्धकासाथ निर्वाचनमा गएको बताउनु भयो । अध्यक्ष दाहालले अब आर्थिक विकास र समृद्धिको क्रान्ति पनि एकतावद्ध भएर काम गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिलो चुनाव रोल्पाबाट लडेँ, काठमाडौं, सिराहा, गृहजिल्ला चितवनबाट निर्वाचन लडेको छु’ उनले भने,‘यसरी देशको पूर्व, पश्चिम मधेस पहाड घुम्दै चुनाव लड्ने सायद नेपालको इतिहासमा म नै पहिलो भएको छु कि जस्तो लागेको छ, अहिले गोरखा आएपछि नयाँ रेकड बन्यो भन्ने लागेको छ,आर्थिक समृद्धिको रोडम्याप गोरखाबाट कोर्नुपर्छ, यहि सन्देश दिनुपर्ने भन्ने प्रतिवद्धताका साथ उभिएका छौं ।’ पार्टी उपाध्यक्ष श्रेष्ठलाई समर्थक र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईलाई प्रश्तावक राखेर दाहालले उम्मेदवारी दर्ता गर्नुभएको थियो । श्रेष्ठ र भट्टराइसँगै दाहाल उम्मेदवारी दर्ताका लागि गोरखा निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय पुग्नुभएको थियो ।

त्यस्तै गठबन्धनको तर्फबाट प्रतिनिधिसभा गोरखा क्षेत्र नम्वर २ को ‘क’ मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र सोही क्षेत्रको ‘ख’ मा नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले उमेदवारी दर्ता गराउनुभएको छ ।