काठमाडौँ— अमेरिकी डलरको भाउ आकासिएर नेपालको इतिहासमै नयाँ रेकर्ड कायम भएको छ । यसरी निरन्तर आकासिएर अमेरिकी डलरको भाउले रेमिट्यान्स रकम भित्र्याउनेहरूलाई भने केही फाइदा पु याए पनि हरेक वस्तु आयातमा निर्भर मुलुकलाई बढ्दो आयात खर्च धान्न कठिन हुने भएको छ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि निर्धारण गरेको विनिमयदरअनुसार एक अमेरिकी डलरको विक्री दर १ सय ३२ रुपैयाँ २ पैसा कायम भएको छ । यसैगरी, १ अमेरिकी डलरको खरिददर पनि १ सय ३१ रुपैयाँ ४२ पैसा कायम भएको छ । यो नेपालको इतिहासमा अहिलेसम्मकै अत्यधिक उच्च भाउ हो । यसअघि, गत १३ असोजका लागि एक अमेरिकी डलरको विक्री दर १ सय ३१ रुपैयाँ ४१ पैसा कायम भएको थियो । खरिददर पनि १ सय ३० रुपैयाँ ८१ पैसा कायम भएको थियो ।
सो दिनभन्दा अघि पनि गत ११ असोजमा एक अमेरिकी डलरको भाउ विक्री दर बढेर १ सय ३० रुपैयाँ ९० पैसा र खरिददर १ सय ३० रुपैयाँ ३० पैसा कायम भएको थियो । सो समयदेखि दसैंको केही दिन केही घटेको अमेरिकी डलरको भाउ पुनः उकालो लागेर यो नयाँ रेकर्ड कायम गरेको हो ।
अहिले लगातार भाउ बढेर उकालो लाग्ने क्रममा सोमबारका लागि राष्ट्र बैंकले तोकेको विनिमय विक्री दरमा १ अमेरिकी डलरको भाउ बढेर विक्री दर १ सय ३२ रुपैयाँ २ पैसा पुगेको हो ।
यसरी, लगातार डलरको भाउ बढेसँगै हरेक वस्तु आयातमा निर्भर रहेको नेपालमा दसैं र तिहारका उपभोक्ता चर्को महंगीको मार खेप्न बाध्य भएका छन् ।
निरन्तर आकासिएर अमेरिकी डलरको भाउसँगै हाल अन्य विदेशी मुद्राको भाउ पनि बढेको छ । स्रोत (राजदानी दैनिक)
प्रतिक्रिया