Breaking

विद्रोहको राँको बल्यो,भुसाललाई रातो कार्पेट,रावल किन भए ब्याक रु एमाले–काँग्रेसमा डरलाग्दो विद्रोह


काठमाडौँ — आजप्रदेश र प्रतिनिधिसभाकाउम्मेदवारी दर्ता गर्ने दिन । पार्टीको तर्फबाट टिकट पाएर चुनावी मैदानमा छिरेका उम्मेदवारहरुले मनोनयनदर्ता गराएका छन् । तर टिकट नपाएको भन्दै असन्तुष्ट बनेकाहरुले समेत विद्रोह गर्दै मनोनयनदर्ता गराएका छन् । टिकट खोसिएको विस्मात्मामुखअमिलो र मन भारी बनाएकाबामपन्थी नेताघनश्याम भुसाललेमाओवादीको काँध र गठबन्धनको साथमा स्वतन्त्रउम्मदेवारी दिए ।

एमालेबाट बढारिएका भुसाललाई नेकपा(माओवादी केन्द्र)ले रातो कार्पेट विछ्याएर रुपन्देही १ मा स्वागतग¥यो ।आफ्नै निर्वाचन क्षेत्रमाआफ्नै पार्टीले टिकट खोसेपछि माओवादीको आतिथ्यताकतिसम्मपाएभने,रुपन्देही १ मै चुनाव लड्न ठिक्क परेकीपूर्वसभामुखओनसरी घर्तिलाई भुसालकै लागिकाठमाडौं २ मा सारिएको छ ।एमालेभित्रअन्यायभएको भन्दै विद्रोहको राँको जोसेकाका भुसालले एमालेविरोधी सत्ता गठबन्धनको साथपाएपनिआफुलाई बामपन्थी स्वतन्त्रउम्मेदवार भनेका छन् ।

एमालेभित्रअध्यक्ष केपीशर्मा ओलीको विरुद्ध विमतिजाहेर गरेकै कारण भुसाल र नेताभीम रावलले टिकट पाएकाथिएनन् । वैचारिक र राष्ट्रवादी नेताको रुपमापत्याएकादुई नेता नै ओलीको निषेधमा परेपछि एमालेभित्रविद्रोह जन्मिएको हो । अछाममा एकैपटक ४० जना बढीले राजीनामादिएका छन् ।आइतबार मनोनयनदर्ता गर्ने दिन रावल समर्थकले कालो झण्डासहित केपीओली विरुद्ध नाराबाजी गरेका छन् ।

एमालेबाट टिकट नपाएपछि काठमाडौं ७मागतनिर्वाचनजितेका रामवीर मानन्धरले यसपटक विद्रोह गर्दै सत्ता गठबन्धनकै बीचमा बसेर स्वतन्त्रउम्मेदवारीदिएका छन् ।दाङमानिवर्तमान सांसद नै रहेकीगंगाचौधरीले स्वतन्त्रीउम्मदेवारी दिएकी छन् । उम्मेदवार छनोटकै विषयमा असन्तुष्टि जनाएर मोरङका पार्टी सचिव रुपेश खतिवडाले पदबाट राजीनामादिएका छन् ।

जसपासँगतालमेल भएर उम्मेदवारी खोसिने भएपछि धनुषामाकिशोरी शाहले बागीहाल्ने घोषणा गरेका छन् । राप्रपा नेपालकाअध्यक्षकमलथापालाई समर्थन गरेको भन्दै एमाले कार्यकर्ताले मकवानपुर पार्टी कार्यालयमातालाबन्दी गरेका छन् ।

विद्रोहको राँको एमाले हुँदै सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपालीकाँग्रेसभित्रपनिझोसिएको छ ।चितवन १माविश्वनाथपौडेल र दुईमा राज्यमन्त्रीउमेश श्रेष्ठलाई टिकट दिएको काँग्रेसलेतीनमा रमेश कोइरालालाई नदिएपछि उनीविद्रोहमाउत्रिएका छन् ।कैलाली ५ को ‘ख’बाट टिकट नपाएपछि क्षितिजभण्डारीले बागीहालेका छन् ।

चितवनमा यसअघि स्थानीयतहको निर्वाचनमाबागीहालेका जगन्नाथपौडेलले प्रतिनिधिसभानिर्वाचनमा समेत उम्मेदवारीदिएका छन् ।यहाँकाँग्रेसभित्रकै विद्रोहले चुनावहार्ने खतरा बढेपछि माओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल ‘प्रचण्ड’गोरखाउक्लिएका छन् ।

नेतृत्वले प्रतिशोध साँधेर टिकट नदिएको भन्दै मोरङ २ खोसिएकामिनेन्द्र रिजालले आपत्तिजनाएका छन् ।गतनिर्वाचन रिजालको हातबाट टिकट खोस्दै यहाँ सुजाता कोइरालालाई दिइएको छ । सल्यानमा नेपालीकाँग्रेसले टिकट नदिएको भन्दै पूर्व राज्यमन्त्री राजेन्द्रबहादुर शाहले प्रतिनिधिसभा र प्रदेश सहमहामन्त्री एकराज डाँगीले प्रदेश सभा ‘क’माबागीहालेका छन् । फुट्ने जुट्ने र पार्टी फेरबदलको कुनै टुंगो नभएकाजसपा र लोसपा जस्ता पार्टीमा समेत विद्रोह छ ।

पार्टीले टिकट नदिएपछि जसपाकी नेतृ करिमा बेगमले पर्सा २ को ‘ख’बाटस्वतन्त्रउम्मेदवारीदिएकी छन् ।विद्रोहको आँकडा एमालेभित्र बढ्ता देखिएपनि नेपालीकाँग्रेस, माओवादीहुँदै सबै दलमाआगो झोसिएको छ । यसले निर्वाचनको अंकगणितमा भारी बद्लावल्याउने देखिएको छ ।