Breaking

टिकट वितरणमा शीर्ष नेतृत्व हाबी, लोकतान्त्रिक व्यवस्थामा प्रश्नै प्रश्न


काठमाडौँ — संसदीयनिर्वाचनको कार्यतालिकाअनुसार असोज २३ अर्थात भोलीप्रत्यक्षतर्फको उम्मेदवार दर्ता गर्ने कार्यतालिका छ । राजनीतिकदलहरु उम्मेदवार छनोटको अन्तिम कसरतमा छन । संधै राम्रो भन्दाहाम्रो च्याप्ने, व्यतिmको योगदान योग्यताक्षमताभन्दा चाकडीगर्ने आसेपासेलाई टिकट वितरणको रवैया पुन दोहोरिएको छ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यनिर्वाचनआउन अब ४३ दिनबाँकी छ । आगामीमंसिर चार गते एकैचरणमा हुने संसदीयनिर्वाचनमाप्रत्यक्षतर्फको उम्मेदवारी दर्ता असोज २३ गते आइतवारविवरण पेश गर्नुपर्ने निर्वाचनकार्यतालिका छ ।

फलत राजनीतिकदलहरु उम्मेदवार छनोटको अन्तिम कसरतमा छन । तर हालसम्म सार्वजनिकभएकाउम्मेदवारहरुको सूचि हेर्दा उम्मेदवार छनोटमा संधै मनोमानीगर्न बानी परेका राजनीतिकदल र शीर्ष नेतृत्वले उहि पुरानै पद्धतिलाई निरन्तरतादिएका छन । ठुलै रस्साकस्सी गरेझै देखाएपनि समानुपातिकतर्फको बन्दसुचिमै मनोमानी ढंगले आसेपासे,शीर्ष नेतृत्वको खल्तीबाट टिकट दिने ,आफ्नै हातजगन्नाथ शैलीमा टिकट वितरण गरेका दलहरुले प्रत्यक्षतर्फको उम्मेदवार चयनमाउहि पुरानै प्रवृत्ति दोहोराएका छन ।

आचरण र प्रवृत्तिमालोकतान्त्रिकनदेखाएपनि पार्टी पद्धति र संरचनामा केहि लोकतान्त्रिक चित्रण गर्ने ओली नेतृत्वको नेकपाएमालेले पार्टी लोकतन्त्र र टिकट वितरणमा पूर्ण अलोकतान्त्रिक देखिएको छ । रघुजि पन्त रहोलीवाइनप्रकरणबाट चर्चामाआएका परिवार दलको अध्यक्षएकनाथ ढकाललाई समानुपातिकको दोस्रो नम्बरमा अटाएर विवादित बनेका एमाले अध्यक्ष के.पिशर्मा ओलीले प्रत्यक्षतर्फको टिकट वितरणमा अधिवेशनताकाअसहयोग गरेका,आफु विरुद्ध उत्रिएकाभीम रावल , घनश्याम भुसाललगायतका नेतालाई टिकट नै दिएनन् ।

तल्लो तहमा राम्रो जनमतभएका,यस अघि ठुलो जनमत सहितनिर्वाचनजितेका नेताहरुले नै टिकट नपाउँदानिर्वाचनको मुखैमा पार्टीभित्र असन्तुष्ट पंतिmको चाङ नै लाग्नथालेको छ । तर एमाले नेताहरु भने यो स्वीकार गर्न तयार छैनन् ।

यता गठबन्धनको नेतृत्वगरिरहेको कांग्रेसमा टिकट वितरणमा सभापति देउवा र संस्थापनइतर शेखर कोइरालाको मनोमानीचलेकै छ । महाधिवेशनपछि देउवाले शेखर समूहलाई मिलाएर लैजानचाहेनन् भने कोइराला समूह पार्टीको पद्धति सुधारमाभन्दापदकालागिमात्रविद्रोह गर्दै आएका छन । समानुपातिकतर्फ प्रधानमन्त्रीपत्नीआराजु राणा र गृहमन्त्रीपत्नीमञ्जु खाँण समानुपातिकबन्दसूचिमापर्ना साथविद्रोह गरे ।

समानुपातिकमा राणा र खाँडलाई पन्छाउन सफल भएपछि पुनआफ्नो आसेपासेलाई टिकट दिलाउने होडमा दिनरात देउवानिवास धाइरहेका छन । उनको दौडधूप केवलआसेपासेलाई टिकट हातपार्ने बाहेक केहि छैन । नेकपामाओवादीमा प्रचण्डको हुकुम सर्वेसर्वा छँदैछ । त्यसैले टिकट वितरणको विवादखासै सार्वजनिकभएको छैन ।

तर त्यहाँपनि पूर्ण सन्तुष्ट रहने अवस्था छैन । मधेश केन्द्रितजनता समाजवादी पार्टी टिकटकै लागिआफ्नो राजनीतिकएजेन्डा नै दाउमा राखेर ओलीसँगमिल्नपुग्यो । समग्रमानिर्वाचन केवलसिमितव्यतिmको रजगजले थपविकृत भईरहेको प्रष्ट छ ।

लोकतन्त्रको मसिहा ठान्ने, बहुजनको शासन स्वीकार गर्नुपर्छ भन्नेदलहरु टिकट वितरणमा जनताले रुचाएकाक्षमताभएकाभन्दा नेताको प्रिय,आसेपासेले टिकट पाउने प्रवत्ति स्थापित गराउनउदत्त छन । यसले दलहरुमाथीमात्रहोइनमुलुकको लोकतान्त्रिकव्यवस्थामाथी समेत प्रश्न उठ्न थालेको छ । लोकतन्त्रथप धरापमा पर्दै गएको छ ।