Breaking

नेकपा एमालेका नेता प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी


नेकपा एमालेका नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पार्टीले उनलाई टिकट दिए पनि रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले स्वतन्त्र उम्मेदवारी दिएको उनकी पत्नीसमेत रहेकी मौलापुर नगरपालिकाकी मेयर रिना साहले जानकारी दिइन् ।

साहका अनुसार टिकट दिने वाचासहित नेता साहले आफूसँगै विभिन्न पार्टीबाट भित्र्याएका नेतालाई एमालेले टिकट नदिएपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।