Breaking

झापा क्षेत्र नम्बर ३ बाट राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । अध्यक्ष लिङ्देनले आईतबार बिहान ११ः३० बजे आफैँ उपस्थित भएर झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । अध्यक्ष लिङ्देनलाई झापा ३ मा एमालेको समर्थन गरेको छ ।

अध्यक्ष लिङदेनको प्रश्तावक माधव पोखरेल र समर्थकमा एमालेका लक्ष्मण पाठक हुनुहुन्छ । सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिनुभएको छ । अघिल्लो निर्वाचनमा लिङदेनसँग सिटौला पराजित हुनुभएको थियो । प्रदेश सभातर्फ एमालेले दुवै निर्वाचन क्षेत्रमा राप्रपाको समर्थनमा उम्मेदवारी दिएको छ ।

प्रदेश ‘क’ मा बसन्त बानियाँ र ‘ख’ मा छविलाल चुडालले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गतेका लागि तोकिएको छ ।