देश

निर्वाचन पछि सरकारको मूल नेतृत्वको दाबी गर्ने महामन्त्री गगन थापाको भनाई


काठमाडौँ— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन पछि सरकारको मूल नेतृत्वको दाबी गर्ने बताएका छन् । काठमाडौं ४ बाट उम्मेदवार दर्तापछि सरकारको नेतृत्व लिएर मुलुक हाँक्ने बताएका छन् ।

थापाले ड्राइभिङ सिटमा अब आफैं बस्ने र आउने पाँच वर्ष आफैं ड्राइभिङ सिटमा बसेर मूल दायित्व लिने प्रयत्न गर्ने बताएका छन् । निर्वाचन क्षेत्रका नियमित दायित्वका विषयसँगै सरकार तथा पार्टीको मूल नेतृत्व दाबी गर्ने समय आफ्नो लागि आएको उनले बताएका छन् । जोश र आवश्यक अनुभव भएकाले मूल नेतृत्वमा दाबी रहेको उनको भनाई छ ।

काठमाडौं क्षेत्र नम्बर ४ ले आफूलाई पहिचान दिएको उल्लेख गर्दै उनले यो ठाउँबाट प्रतिनिधित्व गर्न पाउँदा मलाई गौरव लाग्ने बताएका हुन्।

उनले माटोले आफुलाई बाँधेको र पहिचान दिएको उल्लेख गरेका छन् ।थापाले यसै क्षेत्रबाट २०७० र २०७४ मा निर्वाचित भएका थिए ।