Breaking

वारेसनामामार्फत प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी दर्ता


काठमाडौँ— प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी दर्ता भएको छ। वारेसनामामार्फत उनकी पत्नी आरजु राणाले उम्मेदवारी दर्ता गरेकी हुन्। दिउँसो २बजेर ४५ मिनेटमा उनको उम्मेदवारी दर्ता भएको हो।

देउवाको प्रस्तावक जिल्ला पार्टी सचिव हेमराज चटौत रहेका छन् भने समर्थक पार्टी जिल्ला उपसभापति डिल्लीराज जोशी रहेका छन्। संघमा एकमात्र क्षेत्र रहेको डडेल्धुरामा कांग्रेस सभापति बलिया उम्मेदवारको रुपमा रहेका छन्। काँग्रेस नेतृ आरजु देउवा राणाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् । उनले महिला कोटाको खलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी हुन् । देउवा पत्नीले राष्ट्रिय सभागृह पुगेर मनोनयन दर्ता गराएकी हुन् । देउवा भने सभापतिको उम्मेदवार रहेका छन् ।

महाधिवेशन प्रतिनिधि खुला महिला तर्फ कांग्रेस नेतृ डा आरजु राणा डडेलधुराबाट निर्विरोध भएकी थिइन् ।