देश

रवि लामिछानेले दिए चितवन २ बाट उम्मेदवारी


काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले चितवनबाट नफर्कने गरी त्यहाँ ओर्लिएको बताएका छन् ।

सञ्चारकर्म छाडेर पार्टी खोलेका लामिछानेले मनोनयन दर्तापछि फेसबुकमा यसपटक म नफर्कने गरेर आएको छु । म चितवनले लगाएको गुण तिर्न चाहन्छु, जीवनभर चितवनको मान्छे बनेर भनी लेखेका छन् ।

लामिछाने एमालेका कृष्णभक्त पोखरेल र सत्तारुढ गठबन्धनका उमेश श्रेष्ठसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् ।