Breaking

एमाले समर्थनमा मनाङ ‘ख’ बाट दीपक मनाङे स्वतन्त्र उम्मेदवारी दिने


काठमाडौँ — सत्ता गठबन्धनको प्रदेश सरकारमा रहेका दीपक मनाङे एमाले समर्थनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । मैले गठबन्धन पहिल्यै छोडेको हो । म एमालेकै मान्छे हो । एमालेकै समर्थमा उम्मेदवारी दिन्छु,’ मनाङ सदरमुकाम चामेमा रहेका उनले भने । डेंगुले बिरामी परेका कारण उनले उत्तरार्धमा मात्रै आफ्नो उम्मेदवारी दिने बताएका छन् । मनाङको मौसम खराब छ । अहिले चामेमा पानी परिरहेको छ ।

म डेंगुले बिरामी छु । पर्यटक उद्दारका लागि आएको हेलिकप्टरमा हिजोमात्रै आएको हुँ’ उनले भने । उनले आफू एमालेकै मान्छे रहेको र एमालेकै समर्थनमा चुनावमा उठ्ने र जित्ने दाबी गरे । ‘म एमालेकै मान्छे हुँ । एमालेकै समर्थनमा चुनावमा उठ्ने हो’ उनले भने । मनाङ प्रदेश ‘ख’ मा एमालेले कसैलाई पनि उठाएको छैन । राजीव गुरुङलाई एमालेले समर्थन गरेर जाने एमाले मनाङका सचिव एवं प्रदेश ‘क’ का उम्मेदवार राजन गुरुङले बताए ।

तर दीपक मनाङेलाई कांग्रेसले पनि समर्थन गर्ने जनाएको छ । कांग्रेस सचिव सुरेन्द्र गुरुङले प्रदेश ‘ख’ मा दीपक मनाङेलाई समर्थन गरेर जाने भएको बताए । एमालेले टिकट नदिए पनि स्वतन्त्र उठेका उनले एमाले समर्थनमा २०७४ को निर्वाचनमा कांग्रेसका कर्म गुरुङलाई हराएर मनाङ प्रदेश ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनी हाल सत्ता गठबन्धनको समर्थनमा हाल गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री छन् ।

समर्थनमा मुनिन्द्रजंग गुरुङ स्वतन्त्र उम्मेदवार बन्ने चर्चा छ । प्रतिनिधिसभामा भने एमालेका पोल्देन छोपाङ गुरुङ र कांग्रेसका टेकबहादुर गुरुङले उम्मेदवारी दिने भएका छन् । स्वतन्त्र पार्टीका तर्फबाट मुखिया गुरुङले प्रतिनिधि सभामा उम्मेदवार दिँदैछन् ।