देश

कानुनमन्त्री गोविन्द बन्दीको कार्यकाल आजदेखि सकियो


काठमाडौँ— कानुन न्याय तथा संसदीय मामीला मन्त्री गोविन्दप्रसाद शर्मा बन्दीको कार्यकाल आजदेखि सकिएको छ।

गत चैत २४ गते नियुक्त भएका शर्माको ६ महिना कार्यकाल आज सकिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुन मन्त्री बनाएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् ।

संविधानमा सभासद् नरहेको अवस्थामा पनि ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था छ।