Breaking

मकवानपुर क्षेत्र नम्बर १ बाट कमल थापाले दिए उम्मेदवारी


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मनोनयन दर्ता गराएका छन् । अध्यक्ष कमल थापाले मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका हुन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ ।

यसअघिको निर्वाचनमा निकटतम प्रतिस्पर्धी थापालाई समर्थन गरेर उठाएको भन्दै एमालेका कार्यकर्ताले जिल्लास्थित एमाले कार्यालयमा तालाबन्दी गरेका छन् । यसअघिको निर्वाचनमा समेत अध्यक्ष थापा एमालेसँग पराजित भएका थिए ।