Breaking

टिकट नपाएपछि नेपाली कांग्रेसका पौडेलले दिए राजीनामा


काठमाडौँ — नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले राजीनामा दिएका छन् । बागलुङ १ (ख) मा उम्मेदवारको आकांक्षी पौडेलले टिकट नपाएपछि पार्टीबाट राजीनामा दिएको हो । कांग्रेसले उक्त क्षेत्रमा डिल्लीराम सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

संसदीय राजनीतिको अभ्यास गर्ने तेस्रो प्रयासमा समेत पार्टीले आफ्नो मूल्यांकन नगरेको भन्दै उनले राजनीमा गरेका छन् । प्रदेशसभातर्फको उम्मेदवार हुन पाउन यसपटकको आशा पनि मरेको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘निश्चित व्यक्तिहरुको मात्रै गोटी बनेकाहरू मात्रै योग्य हुने परिपाटी आफूलाई सदैव अस्वीकार्य छ र रहने छ,’ पौडेलले लेखेका छन्, ‘मैले आज नेपाली कांग्रेस पार्टीको सदस्य समेत नरहने गरी पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव मार्फÞत हजुर श्री शेरबहादुर देउवा समक्ष राजीनामा पेस गरेको छु ।’