Breaking

जसपा नेता जन्नत अन्सारीले दिए बागी उम्मेदवारी


काठमाडोँ — जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य जन्नत अन्सारीले पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेश सभाका लागि बागी उम्मेदवारी दिएका छन् । एमाले जसपा गठबन्धनको सीट बाँडफाँटमा उक्त क्षेत्र एमालेले पाएको छ ।

राम्रो काम गर्दा पनि पार्टीले टिकेट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएको अन्सारीले बताएका छन् । यस अघिको निर्वाचनमा पनि अन्सारी उक्त क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।