राजनीति

स्वर्णिम वाग्लेले पाएनन् टिकट


काठमाडौँ — नेपाली कांग्रेसले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट दिन अस्वीकार गरेको छ ।

वाग्लेको नाम चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो । उनले काठमाडौँ ५ वा गोरखा १ बाट चुनाव लड्ने विकल्प पनि अघि सारेका थिए ।

तर चितवन १ मा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष विश्व पौडेललाई टिकट दिइएको छ भने काठमाडौँ ५ मा प्रदीप पौडेलले टिकट पाएका छन् । अब स्वर्णिमले यो पटक टिकट नपाउने पक्का भएको कांग्रेसका एक पदाधिकारीले बताए ।