काठमाडौँ— आज सुदूपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढी आउने अनुमान गरिएको छ । आज पनि डडेलधुरा, कञ्चनपुर, कैलालीको धेरै स्थानमा ठूलो वर्षा भइरहेको छ ।
लगातारको वर्षाका कारण ती जिल्लाका कान्द्रा, मोहना, खुटीया, सुहेली, चौधर, रंघुन, पन्टुरालगायत अन्य खहरे खोलामा बाढी आउने उच्च सम्भावना रहेको बाढी सूचना केन्द्रले बताएको छ ।भिरालो जमिनमा पहिरो जाने र होचा स्थान डुब्न सक्ने भएकाले सो स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।
त्यसैगरी, आज र भोलि कर्णाली र यसका सहायक नदीहरुमा समेत बहाव बढ्ने जनाइएको छ ।सुुदुरपश्चिम प्रदेश र कर्णाली भएर बहने साना नदीमा बाढीको उच्च जोखिम भएकाले सतर्कता अपनाउन केन्द्रले सुसूचित गराएको छ ।
त्यस्तै, पश्चिम राप्ती, बबई, नारायणी र यसका सहायक नदीहरुमा बहाव घटे पनि सतर्कता तह आसपास रहने बताइएको छ ।


प्रतिक्रिया