Breaking

काठमाडौँ ६ मा कांग्रेसले दियो भीमसेनदास प्रधानलाई टिकट


काठमाडौँ — नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ क्षेत्र नं.६मा भीमसेनदास प्रधानले टिकट पाएका छन् । सत्तारूढ गठबन्धनका तर्फबाट प्रधानउम्मेदवार बनेका हुन् ।

यसअघि लगातार दुई पटक चुनाव जितेका प्रधान ह्याट्रिक गर्ने सोचमा छन । ७४ सालको आमनिर्वाचनमा कांग्रेसले देशभरवाट जम्मा २३ सिट प्रत्यक्ष चुनाव जित्दा प्रधानले पनि जितेका थिए ।

उनी पूर्वरक्षामन्त्री समेत हुन् । आगामी निर्वाचनमा काठमाडौँ क्षेत्र नं.६ बाट भीमसेनदास प्रधान र नेकपा एमालेबाट पूर्वआईजीपी सर्वेन्द्र खनालबीच प्रतिस्पर्धा हुने भएको छ ।

लोकतन्त्र प्राप्तिको आन्दोलनमा प्रधान सधै अग्रभागमा रहँदै आएका छन । प्राध्यापक संघको सभापति समेत भइसकेका प्रधानसंग पेशागत नेतृत्वको समेत अनुभव छ ।

कांग्रेसभित्र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका प्रभावशाली नेतासमेत रहेका प्रधानले अबको निर्वाचन आफ्ना लागि अन्तिम हुने बताएका छन् ।