देश

विनोद चौधरीले पाए टिकट


काठमाडौँ— उद्योगपति विनोद चौधरीले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट टिकट पाएका छन् ।

पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा चौधरीले सत्ता गठबन्धनको तर्फबाट टिकट पाएका हुन् । पश्चिम नवलपरासीमा चौधरीसँग जनता प्रगतिशिल पार्टीका नेता हृदयश त्रिपाठीको प्रतिष्पर्धा हुने भएको छ ।

उम्मेदवारी मनोनयनका लागि उनी नवलपरासी पुगेका छन् ।