Breaking

दाङमा गठबन्धनले टुंग्यायो उम्मेदवार, शंकरसँग रेखा भिड्ने


काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनले दाङमा उम्मेदवारहरुको टुंगो लगाएको छ ।

गठबन्धनको भागबण्डा अनुसार प्रतिनिधि सभातर्फ दाङ क्षेत्र नं. १ मा नेकपा एकीकृत समाजवादी, २ मा माओवादी केन्द्र र ३ मा नेपाली कांग्रेसको भाग परेको छ । दाङ क्षेत्र नं. १ मा नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरी, क्षेत्र नं. २ मा नेकपा माओवादीकी रेखा शर्मा र क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका दीपक गिरी उम्मेदवार छन् ।

नेकपा एमालेले प्रतिनिधि सभातर्फ दाङ क्षेत्र नम्बर १ मा शान्ता चौधरी, २ मा महासचिव शंकर पोखरेल र ३ मा कोमल ओलीलाई उम्मेदवार बनाएको छ ।