राजनीति

कांग्रेसले मिनेन्द्र रिजाललाई दिएन टिकट


काठमाडौँ — नेपाली कांग्रेसले नेता डाक्टर मिनेन्द्र रिजाललाई प्रतिनिधिसभा सदस्यको टिकट दिएन । यसअघि मोरङको निर्वाचन क्षेत्र–२ बाट उम्मेदवारी दिएर जितेका नेता रिजाललाई यसपल्ट भने पार्टीले टिकट नदिएको हो ।

यसअघि उनी उठेको क्षेत्रमा अहिले कांग्रेसले नेतृ सुजाता कोइरालालाई टिकट दिएको छ । मोरङका जम्मा ६ निर्वाचन क्षेत्रमध्ये १‚ २‚ ३ र ६ गरी ४ वटा क्षेत्र कांग्रेसले पाएको थियो ।

त्यसमध्ये १ मा डिकबहादुर लिम्बू‚ २ मा सुजाता कोइराला‚ ३ मा सुनील शर्मा र ६ मा शेखर कोइरालाले टिकट पाएका छन् । विराटनगर कोइराला समूहको प्रभाव क्षेत्र हो। टिकट पाउने चारै जना कोइराला समूहका नेता हुन् ।

क्षेत्र नं ४ र ५ मा भने नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने भएको छ । कांग्रेस नेताद्वय महेश आचार्य र अमृता अर्यालले टिकट पाएका छैनन् ।