Breaking

एमालेमा भयंकर विद्रोह, रावल र भुसाल ओलीको टक्करमा, हिटलर शैलीमा ओली, अष्टलक्ष्मीको गुनासो


काठमाडौँ — टिकट बाँडफाँटका विषयमा असन्तुष्टि बढेपछि एमालेमा विद्रोह जन्मिएको छ । १० भाईमध्येका भीम रावल र घनश्याम भुसालले विद्रोह गरेका छन् भने ठाउँठाउँमा नेता कार्यकर्ताले राजीनामा दिएका छन् । एमालेभित्र दुईचार विद्रोहीनेताकै कारण अध्यक्ष केपी शर्मा ओली नबद्लिन सक्छन् ।अब एमाले जो ओलीको ‘जी हजुरी’ गर्न सक्छ, उसैको पार्टी बनेको छ । किनकि एमालेभित्र आँखा सन्काउने र जीउ तन्काउनेको काम छैन ।

भीम रावल र घनश्याम भुसालले ओलीका अघि आँखा जुधाएर हेरेकै कारण, ओलीको बोलीमा लोली नमिलाएकै कारण र चाकडीबाजको थाली नबझाएकै कारण सजाय पाएका छन् । अब एमाले हिट्लरभन्दा भयानकहैकमवादी शासकको हातमा रहेको स्पष्टै भएको छ ।आफ्नै हात जगन्नाथ गर्दै टिकटलाई टीको लगाएर दिएपछि भीम रावल र घनश्याम भुसाल जस्ता नेताहरु बहिर्गमनको अन्तिम घडीमा छन् ।

भुसाल शनिबार नै पार्टी त्यागेर आफ्नै तयारीमा जुटेका छन् । अब स्वतन्त्र उम्मेदवारी दिने वा सत्ता गठबन्धनको समर्थनसहित कुनै दलको चुनाव चिन्ह लिएर निर्वाचन लड्ने दुई विकल्प रहेका बेला भुसालले जाँदाजाँदै एमालेजनलाई इतिहासको कुनै बिन्दुमा पुनः भेट्ने वाचा गरेका छन् ।

आफुविरुद्ध फरक मत जाहेर गरेकै कारण रावल र भुसाललाई ओलीले टिकट नदिएर सजाय दिएका हुन् ।तर फरक मतकै नाममा सधैं नेतृत्वको विरोध गरिराख्ने रावल, भुसाल शैलीको पनि आलोचना भइरहेको छ । टिकट नपाएकै कारण पार्टी छोडेपछि अवसरवादी ट्यागसमेत झुण्डिएको छ । तर उनीहरुबीचको टकरावले पार्टीभित्र विद्रोह जन्माएको छ ।

पार्टी विभाजनका बेला १० बुँदे सहमति गर्दै एमालेमै रोकिएका दश भाईमध्ये रावल र भुसालले टिकट पाएनन् भने उपाध्यक्ष युवराज ज्ञवाली स्वच्छा देखाउँदै निर्वाचनको रेसबाट बाहिरिए,अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले टिकट पाएरपनि अस्वीकार गरेकी छिन् । आफ्नो विकल्पमा अरुलाई अघि सार्न ओलीलाई आग्रह गरेकी छिन् ।

रघुजी पन्त समानुपातिकमा समेटिएका छन् भने पार्टी विभाजनका बेला रोकिएका बाँकी सबैले टिकट पाएका छन् ।तर रावललाई टिकटबाट बञ्चित गरिएपछि अछामका ४० बढी नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।उम्मेदवार छनोटकै विषयमा असन्तुष्टि जनाएर मोरङका पार्टी सचिवरुपेश खतिवडाले पदबाट राजीनामा दिएका छन् । जसपासँग तालमेल भएर उम्मेदवारी खोसिने भएपछि धनुषामा किशोरी शाहले बागी हाल्ने तयारी घोषणा गरेका छन् ।

गण्डकी प्रदेशमा मुख्यमन्त्रीको तयार गरिरहेका पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीको टकराव चर्किएको छ । प्रदेश अधिकारीलाई दिएर सुब्बालाई संघमा ल्याएपछि असन्तुष्टि देखिएको छ ।फलतः निर्वाचनकै मुखमा विद्रोह र असन्तुष्टिमा फसेपछि एमालेको चुनावी अंकगणितमाथि संशय पैदा भएको छ ।