Breaking

मिलेमतोमा जित्दैछन् ओली, प्रचण्ड र देउवा, चितवनमा घर ठड्याएर गोरखामा प्रचण्ड, झापामा ओलीलाई साथ


निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि दिएको समयसीमा सकिन एक दिनमात्र बाँकी रहेका बेला दलहरु उम्मेदवार चयनको अन्तिम क्षणमा छन् । तर शीर्ष नेताका निर्वाचन क्षेत्रमा विपक्षीले समेत कमजोर उम्मेदवार खडा गरेका छन् । प्रचण्डको क्षेत्र गोरखादेखि देउवाको डडेल्धूरा र ओलीको झापासम्म विपक्ष नरम बनेको छ ।

व्यवस्था बदलियौंअब अवस्था बदल्नुपर्छ भन्दै हुंकार लगाउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिममा आएर आफ्नै निर्वाचन क्षेत्र बदलिदिए । चितवन तीन नै आफ्नो सर्वेसर्वाभएको बताएका, जनतालाई विश्वास दिलाउन बाहिर कुटी जस्तोभित्र ताज महलजस्तो भव्य सजावटमा घर बनाएका र अन्तिममा हार्ने बुझेपछि ‘न्याय नपाए गोरखा जानू’ भनेझैँ प्रचण्डले चिवतन छोडेर गोरखा – २ बाट चुनाव लड्ने भएका छन् ।

प्रचण्डका लागि चितवन तीनका नेता – कार्यकर्ता र जनताले गरेको राजनीतिक लगानी बालुवामा पानी जस्तै भएको छ । केवल स्थानीय तहको निर्वाचनमा छोरीलाई जिताउनकै लागि मात्र भएपनि चिवतनवासीको आँखामा सपना देखाएका प्रचण्डले अब गोरखामा ढुक्कसँग चुनाव जित्नेछन् ।किनकि आधार इलाका जस्तै रहेको गोरखामा स्थानीय तहको निर्वाचनमा माओवादी एक्लैले ९ पालिका जितेको छ ।

११ मध्ये काँग्रेसले मात्र दुई पालिकार एमाले नील भएका कारण यहाँ प्रचण्डलाई निकै सजिलो छ ।प्रचण्डलाई टक्कर दिने दाबी गरेको प्रतिद्वन्द्वी एमाले पनि सायद जितोस् भनेरै होला, भर्खरै पार्टी प्रवेश गरेका, गोरखाको राजनीतिक माहोल नबुझेका र चुनाव जित्नेका लागि मात्र दुईसाताअघि गोरखा गएका अब्दुस मियाँलाई उम्मेदवार बनाएर सहज बनाउन आफैँले भूमिका खेलेको छ ।मानौं एमालेकै अघोषित उम्मेदवार प्रचण्ड हुन्,प्रचण्डले हार्नसक्छन् भन्ने चिन्ताकै कारण एमालेले कमजोर उम्मेदवार उठाएको हो ।

प्रचण्ड गोरखा जानूको अर्काे कारण भने, चितवनका भोटरले देखाएको त्रास पनि हो । विगत केही महिनायता पटकपटक चितवन गएर मतदाताको नाडी छामेका प्रचण्डले सायद आफ्नो हार निश्चित रहेको प्रक्षेपण गरेका थिए । चितवनबासी परिवर्तनको पक्षमा उभिएका बेला रवी लामिछाने जस्ता पात्रको आँखा प्रचण्डकै निर्वाचन क्षेत्रमा गाँडिएको छ । त्यसबाहेक काँग्रेसभित्रको असन्तुष्ट पक्षले भोट हाल्दैन भन्ने बुझाईले समेत गोरखा जान बाध्य बनाएको छ ।

तर एमालेभित्र एकसय एक उम्मेदवार रहेका बेला सामान्य कोरम पु¥याउनकै लागि जस्तो उम्मेदवार उठाइदिएपछि प्रचण्डमा फाइदामा छन् । एमालेको सहानुभूति काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्रमा समेत देखिएको छ । किनकि देउवालाई जिताउनकै लागि होला सायद, आफुले कुनै उम्मेदवार नउठाएको एमालेले यहाँ काँग्रेस बीपीका कर्ण मल्ललाई समर्थन गर्ने भएको छ । यसले देउवाको जित झनै सुनिश्चित बनेको छ ।

मुल भिडन्त सत्ता गठबन्धन र विपरित दिशाको एमाले–जसपा र राप्रपा गठबन्धनको भएपनि शीर्ष नेताका क्षेत्रमा सल्लाह गरेकै शैलीमा दलहरुले कमजोर उम्मेदवार उठाएका छन् । गोरखा–डडेल्धूरा मात्रै होइन, ओलीलाई जितोस् भनेर होला, सत्ता गठबन्धनले झापा–५ मा कुनैउम्मेदवार टुंग्याएको छैन ।

उठाएपनि कमजोर डमी जस्तो व्यक्तिलाई उठाएर जित निश्चित बनाइदिने नीति गठबन्धनले लिने आँकलन गरिएको छ । किनकि बाहिरी रुपमा ओली, प्रचण्ड र देउवाबीच जति गालिगलौज भएपनि, जति एकले अर्काेलाई सिध्याउन लागिपरेपनि भित्ररुपमा मिलेमतोकै शैलीमा उम्मेदवार टुंग्याएका छन् ।

शीर्ष नेताहरु एकअर्काले प्रतिस्पधै नगरि चुनाव जित्न चाहन्छन् ।फलतः राजनीतिक दलकै उम्मेदवारबाट शीर्ष नेतृत्वलाई चुनाव हराउन मूस्किल छ । यसका लागि कोही बलियो वजनदार स्वतन्त्रहरु जन्मिए उनीहरुको ‘पूर्व हेरि पश्चिम हान्ने’ नियती लगाम लाग्न सक्छ ।