Breaking

नेपाली कांग्रेसका महामन्त्री गगन थापा सर्लाही ४ बाट चुनाव लड्ने


काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सर्लाही ४ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने भएका छन् । यसअघि काठमाडौं ४ बाट चुनाव लड्दै आएका थापा । यस पटक पाँच दलीय गठबन्धनले गगनलाई काठमाडौं ४ बाट चुनाव लड्नका लागि छाडेको भए पनि पछिल्लो समय बनेको समीकरणअनुसार उनी सर्लाही ४ बाट चुनाव लड्ने भएका हुन् ।

त्यसो त उनी सर्लाही ४ बाट पनि एकल सिफारिस भएर आएका थिए । उनले काठमाडौं ४ बाट पनि चुनाव लड्ने तयारी तीव्र बनाएका थिए । तर कांग्रेसको उच्च स्रोतका अनुसार उनले सर्लाही ४ नै रोजेका हुन् ।