Breaking

मोरङमा माओवादी केन्द्रले टुङ्गो लगायो उम्मेदवार


काठमाडौँ — नेकपा माओवादी केन्द्रले मोरङमा उम्मेदवारको टुङ्गो लगाएको छ । प्रतिनिधिसभा तर्फ २ र प्रदेशसभातर्फ तीन वटा क्षेत्र पाएको माओवादी केन्द्रले पाँच जना उम्मेदवार टुङ्गो लगाएको हो ।

माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ४ बाट अमनलाल मोदी र क्षेत्र नम्बर ५ बाट शिवकुमार मण्डलको एकल नाम सिफारिस भएको थियो । उनीहरु दुबैले सिफारिस भएको स्थानबाट टिकट पाएका हुन् ।