Breaking

गायक संजय श्रेष्ठद्वारा राप्रपा छाडेको घोषणा


काठमाडौँ — गायक संजय श्रेष्ठले राप्रपा छाडेको घोषणा गरेका छन् । मंसिर ४ गते हुने संसदीय चुनावको टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनले पार्टी छाडेको जनाएका हुन् । फेसबुक स्टाटसमा उनी लेख्छन्, ‘भोलि म आफू पनि स्वतन्त्र रुपमा मनोनयन पत्र दाखिल गर्दैछु ।

राप्रपालाई यदि म जस्तो व्यक्तिको यदि आवस्यकता छैन भने मेरो भन्नू केही छैन, म आफै राप्रपा छोडेको घोषणा गर्दैछु र म जस्ता हजारौंले आउने दिनमा यहि क्रम दोहोर्‍याउने छन् । भोलिको दिनमा के हुन्छ भन्न सकिन्न ।’