Breaking

दार्चुला कांग्रेसमा लफडा


काठमाडौँ — नेपाली दार्चुलामा पनि खटपट सुरु भएको छ । शुक्रबार राति नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले दार्चुलाबाट प्रतिनिधिसभातर्फ हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेका संस्थापन इतरका नेता दिलेन्द्र प्रसाद बडुलाई उम्मेदवार बनाउने निर्णय गरेपछि खटपट सुरु भएको छ ।

बडुलाई उम्मेदवार बनाउने निर्णयपछि कांग्रेस दार्चुलाका पूर्व जिल्ला सचिव गौरीशंकर गिरीले पार्टी छोडेको घोषणा गरेका छन् । उनले टिकट वितरणमा असहमति जनाउँदै आफू कांग्रेस बीपी मा प्रवेश गरेको जनाएका छन् । प्रतिनिधि सभा उम्मेदवारका लागि दार्चुलाबाट उनको नाम पनि सिफारिस भएको थियो ।

तर, कांग्रेसले बडुलाई टिकट दिएपछि गिरी रुष्ट भएका हुन् । विगतदेखि यस्तै उनले पार्टीमा कामको मूल्यांकन नभएको र नेतृत्व असक्षम देखिएको भन्दै पार्टी छाडेको बताए । १० वर्षसम्म जिल्ला सचिव रहेका गिरी पटक–पटक दार्चुलाबाट महाधिवेशन प्रतिनिधि चुनिएका थिए ।