Breaking

एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालद्वारा एमाले परित्याग


काठमाडौँ — एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । उनले शनिबार आफ्नो फेसबुक पेज मार्फत् एमाले परित्याग गरेको जानकारी दिएका हुन् । उनले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेपछि आफूले पार्टी छाड्ने निर्णय गरेको घोषणा गरेका हुन् ।

‘म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु‚’ फेसबुकमा उनले लेखेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले केवल दम्भ र स्वेच्छाचारिताको आक्रमण बढ्दै गएको आरोप लगाउँदै भुसालले पार्टी परित्याग गरेका हुन् ।