Breaking

एमाले मोरङ सचिव खतिवडाद्वारा राजिनामा


काठमाडौँ — नेकपा एमाले मोरङ जिल्ला सचिव रुपेश खतिवाडाले राजिनामा दिएका छन् । उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै सचिव रुपेश खतिवडाले राजीनामा दिएका हुन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार सिफारिस र छनोट गर्दा सिद्धान्त, विधि विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल भएको भन्दै सापकोटाले राजीनामा दिएका हुन् ।

उनले पार्टीले गर्ने निर्णयहरुका सूचनाहरुमा पदीय जिम्मेवारी अनुसार सचिवको संलग्नता अनिवार्य हुनुपर्नेमा त्यस अनुसार नभएको उनको भनाइ छ । उनले लेखेका छन्, ‘यस्तो गैह्र राजनीतिक कार्यको किनाराको साक्षी भएर बस्न नैतिकरुपमा नमिल्ने र आम पार्टी कार्यकर्ता र पार्टी सदस्यहरुको निष्ठा र भावना विपरीत हुने भएकाले नेकपा एमाले जिल्ला कमिटी मोरङको सचिव पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।