Breaking

भीम रावललाई टिकट नदिएको भन्दै क्षेत्रीय संयोजक शाहद्वारा राजीनामा


काठमाडौँ — भीम रावललाई टिकट नदिएको भन्दै क्षेत्रीय संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् । निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएर पनि भीम रावललाई पार्टी केन्द्रबाट टिकट नदिइएकोमा आपत्ति जनाउँदै नेकपा एमाले अछाम निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले पदबाट राजीनामा दिएका हो ।

शाहले पदबाट दिइएको राजीनामापत्रमा भीम रावललाई उम्मेदवारका रुपमा एकल नाम सिफारिस गर्ने निर्णय रावललाई वञ्चित गरेर टिकट दिइएका झपट बोहराकै प्रमुख आतिथ्यमा भएको अवगत गराएका छन् । बोहरा एमाले अछामका इन्चार्ज हुन् ।