Breaking

भीम रावलले टिकट नपाएपछि क्षेत्रीय संयोजकले राजीनामा दिए


काठमाडौँ — नेकपा (एमाले) ले अछाम-१ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले पदबाट राजीनामा दिएका छन् ।

अछाम जिल्ला कमिटीलाई दिएको राजीनामा पत्रमा उनले जिल्ला इन्चार्ज झपट बोहराकै प्रमुख आतिथ्यतामा भएको बैठकले सर्वसम्मत रुपमा रावलको एकल नाम सिफारिस गरेको थियो ।

तर केन्द्रले अर्कैलाई टिकट दिएपछि नैतिकताका आधारमा पदमा बसिरहन नमिल्ने शाहले उल्लेख गरेका छन् । रावलको नाम काटेर एमालेले क्षेत्र नं.१ मा सुदूरपश्चिमका पूर्व आर्थिक मामिलामन्त्री झपट बोहरालाई टिकट दिएको छ। त्यसले एमाले अछाममा असन्तुष्टि चुलिएको छ ।