Breaking

रवि लामिछाने काभ्रे-२ बाट चुनाव लड्दै


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न जिल्लाका प्रतिनिधि सभा क्षेत्रको उम्मेदवारका नाम सार्वजनिक गर्न थालेको छ । पार्टीका सभापति रवि लामिछानेले काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने संकेत गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेका सचिव सुशीलराज गिरीका अनुसार यसअघि काठमाडौँ–५ वा चितवन–३ मध्ये एक क्षेत्रबाट चुनाव लड्ने योजना बनाएको भए पनि उनी अब काभ्रे–२ बाट चुनाव लड्ने तयारीमा रहेको छ ।

पार्टी काभ्रेका सभापति रविन ढकालले काभ्रे पार्टी सभापति लामिछानेको गृह जिल्ला भएसँगै प्रतिनिधिसभा क्षेत्र नम्बर २ उनको निर्वाचन क्षेत्र भएकाले सोही ठाउँबाट नै चुनाव लड्ने सम्भावना ८० प्रतिशतभन्दा बढी रहेको बताए ।

उनी ३ जिल्लाका कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्दा हेभीवेटवाला व्यक्तिसँग नै प्रतिस्पर्धा गर्ने मनसायमा देखिएको एक नेताले बताए । उनका अनुसार यसअघि काठमाडौँमा नेपाली कांग्रेसका नेता गगन थापा, चितवनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को क्षेत्रबाट चुनाव लड्ने चर्चा भइरहेको थियो । यद्यपी प्रचण्ड भने गोर्खा–२ बाट चुनाव लड्ने भएको छ ।

उम्मेदवार मनोनयनको मिति नजिकिदै आउँदा पार्टी सभापति लामिछानेको नजर काभ्रेतिर परेको हो । ती नेताले पार्टी सभापति लामिछाने काभ्रेबाट चुनाव लड्न सक्ने भएकोले कहाँबाट उठ्ने भन्ने बारे निर्णय नगरिएको बताए ।