Breaking

चितवन १ मा एमालेबाट सुरेन्द्र पाण्डेलाई टिकट


काठमाडौँ — चितवन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकट पाएका छन् ।

प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ को ‘क’ मा जेएन थपलिया र ‘ख’मा प्रकाश खनाल ९सैलेश०ले टिकट पाएका छन् । क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ उपाध्यक्ष पाण्डे र पूर्व जिल्ला अध्यक्ष थपलियाको नाम सिफारिस भएको थियो ।

एमालेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । प्रदेशसभा तर्फ क्षेत्रनम्बर २ को ‘क’मा कृष्ण सिलवाल र ‘ख’मा देवी ज्ञवालीलाई टिकट दिने तय भएको छ । सिलवाल इच्छा मनकामना गाउँपालिकाका पूर्व अध्यक्ष हुन् ।

एमालेले चितवन क्षेत्र नम्बर ३ को उम्मेदवार भने टुंगो लगाएको छैन । क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने एकल रूपमा सिफारिसमा परेका छन् । क्षेत्र नम्बर ३ राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको पनि क्षेत्र हो । एमाले र राप्रपाबीच चुनावमा तालमेल भएकाले न्यौपाने र पाण्डे मध्ये कसले टिकट पाउने भन्ने टुंगो लागिसकेको छैन ।

क्षेत्र नम्बर ३ को प्रदेशसभा तर्फ भने ‘क’मा कृष्ण भुर्तेल र ‘ख’मा सरस्वती विष्ट उम्मेदवार हुने तय भएको छ । भुर्तेल निवर्तमान सांसद हुन् भने विष्ट अनेमसंघ चितवनको पूर्वअध्यक्ष हुन् ।