Breaking

सिटको टुंगो लगाउन लोसपाका नेता बालुवाटारमा


काठमाडौँ – सत्ता गठबन्धनसँग सिटको अन्तिम टुंगो लगाउन लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का नेता बालुवाटार पुगेका छन् ।

सत्ता साझेदार दल जनता समाजवादी पार्टी जसपा समान सिट बाँडफाँड नभएको भन्दै गठबन्धनबाट बाहिरिएपछि लोसपा भित्रिएको हो ।

जसपाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग २५ सिटको वरीपरि पाउने भएपछि सत्ता गठबन्धनबाट बाहिरिएको थियो । लोसपालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ सिट दिने आश्वासन दिएको स्रोतले जनाएको छ।

शनिबार बिहान ८ बजे बस्ने भनिए पनि अहिलेसम्म बैठक सुरु नभएको लोसपाका एक नेता जानकारी दिए।