समाचार

चट्याङ लागेर झापामा बालिकाको मृत्यु


काठमाडौँ – झापाको बिर्तामोडमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

शुक्रबार साँझ परेको चट्याङ लागेर झापाको बिर्तामोड ३ चैतुबारीमा रुपलाल हस्दाकी छोरी ११ वर्षीया सञ्जुको मृत्यु भएको हो ।

उनलाई साइकलमा गुडिरहेको अवस्थामा साँझ चट्याङ लागेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।