Breaking

सत्ता गठबन्धनमा पहिरो,एमाले बलियो बन्दै, जसपाले छाडेपछि लोसपा भित्रिने दाउमा


काठमाडौँ — विभिन्न आरोह–अवरोह खेपेको सत्ता गठबन्धन अन्तत ः टुक्रिएको छ । सत्ता साझेदार जनता समाजवादी पार्टी जसपाले प्रमुख विपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेलका लागि हात बढाएको छ भने अन्य दलमा पनि विरोधी आवाज सुनिएको छ । जसले गठबन्धन विघटन हुने सम्भावना बढेर गएको छ । सिट वाडफाडलाई लिएर आन्तरिक कलह खेपिरहेको सत्ता गबठन्धन फुटको दिसामा अग्रसर देखिएको छ ।

सत्ता साझेदार जनता समाजवादी पार्टी जसपाले प्रमुख विपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेलका लागि हात बढाएपछि गठबन्धनमा संकट देखिन थालेको हो । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक छोडेर जसपा अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए । यादव बालुवाटारबाट निस्केपछि गठबन्धन बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

यसअघि बाटै सम्माजनक सिट जताबाट प्राप्त हुन्छ त्यतै जाने जसपाका नेताहरुको भनाईकावीच एमाले २२ सिट दिन राजी भएपछि जसपा सत्ता गठबन्धनबाट बाहिरिने निश्चित भएको हो । जसपाको यो निर्णयलेसत्ता गठबन्धन धरापमा परेको छ । यसअघि सत्ता गठबन्धनले भने जसपालाई बढीमा १६ सिट दिन सकिने गरी छलफल गरेको थियो ।यसअघि नै भागवण्डालाई लिएर कांग्रेसभित्र डा.शेखर कोईराला समुहले विद्राहेको चेतावनी नै दिएको थियो ।

त्यस्तै धनकुटामा माओवादीको नेताहरुले सामुहिक राजिनामा नै दिएका थिए । आन्तरिक कलहको व्यवस्थापन गर्दै अन्य दलका मागमा पनि लचक बन्न कांग्रेसमा चुनौती देखिएको छ । कतिपयले जसपाको वहिर्गमनले अव सिट वाँडफाड सहज हुने तर्क समेत गरेका छन भने माओवादीले कांग्रेसमाथि दवाव बढाँउदै लगेको छ । आफू एक्लै पनि चुनावमा जान सक्ने हैषियतमा रहेको भन्दै मनोवैज्ञानिक दवाव सिर्जना गर्दै आएको उसले जसपाको कदमलाई समेत उपयोग गर्ने सम्भवना बढेको छ ।

निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गनुपर्ने छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्ने बाध्यताका कारणबाँडफाँट सक्न चार दल लागि परेका छन । तर अन्तिम निर्णयसंगै अहिले सुषुप्त रहेको विद्रोहको आवाज अझ चर्किने डरमा गठबन्धनका शिर्ष नेताहरु छन । त्यसमा जसपाको कदमले झस्किएका उनीहरु अन्तिम समयसम्म आलटाल गर्ने मनस्थितीमै छन ।

यता जसपा गठबन्धनबाट बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी लोसपा भित्रिनेतयारीमा छ । अन्तिम समयमा उसको व्यवस्थापन पनि उनीहरुका लागि कम चुनौतीपूर्ण छैन । यतानेकपा एकीकृत समाजवादी पनि भागवण्डालाई लिएर सन्तुष्ट हुन सकेको छैन ।यद्यपी संविधानको रक्षाका लागि आफूहरु तालमेल नै तोड्ने अवस्थामा नरहेको बताउन समाजवादीका नेताहरुले यहि उदेश्यका लागि जसपामा पनि फर्किने बताईरहेका छन ।

यो विषम परिपस्थितीमा गठबन्धनका शीर्ष नेताहरुले सहमतिको प्रयास गरे क्षेत्र स्तरमा ईमान्दार तालमेल हुनेमा थुपैं आशंका उव्जिएका छन् । गठबन्धनभित्रै पनि कांग्रेसले घमण्ड देखाएको आरोप, एमालेभित्रको आन्तरिक कलह र अन्य दलहरुको असन्तुष्टिले यो आशंकामा बल पुगेको छ ।