Breaking

निर्वाचन आयोगद्वारा आचारसंहितामा परिमार्जन, प्रधानमन्त्री पनि चुनाव प्रचारमा हिड्न पाउने


काठमाडौँ — संघीय निर्वाचनको मितिनजिकिएसँगै आयोगले आफ्नो तयारीलाई तीव्रतादिएको छ । प्रत्यक्षतर्फको उम्मेद्वार मनोनयनको पूर्वसन्धयामा १६५ वटै निर्वाचन क्षेत्रमाअधिकृतको कार्यालय स्थापनाभइसकेको छ । यता राजनीतिकदलहरु भने सिटसंख्या बाँडफाँडमा सहमति नजुट्दा रणभुल्लमा छन । संघीय निर्वाचनको मितिनजिकिएसँगै निर्वाचनआयोगले आफ्नो तयारीकोरफ्तारमातीव्र बनाएको छ ।

प्रत्यक्षतर्फको उम्मेद्वार मनोनयनको ४८ घण्टा अगाडि आयोगले १६५ वटै निर्वाचन क्षेत्रमाअधिकृतको कार्यालय स्थापनागराएको छ ।स्थापनाभएकाकार्यालयहरुमाजनशक्ति र आवश्यकव्यवस्थापकीयकामहरु पनि पूरा भएको आयोगले जनाएको छ । स्थापनाभएकानिर्वाचनअधिकृतको कार्यालयमाअसोज २३ गते हुने प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनकालागिनिर्वाचनअधिकृतले आफ्नो मातहतबाट ३ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी संकलनगर्नुपर्ने छ ।

प्रतिनिधि सभाको प्रत्यक्ष र प्रदेश सभाको १ र २ को प्रत्यक्षकालागिउम्मेदवारहरुको विवरण संकलन छ । निर्वाचनअधिकृतहरुले प्रतिनिधि सभाको लागि छुट्टै कक्ष र प्रदेश सभाको १ को लागि छुट्टै र दुईको लागि छुट्टै गरेर तीन वटा ठाउँमा तोकिएको समयभित्रदर्ताको व्यवस्थामिलाइने छ ।

प्रत्यक्षतर्फको दलदर्ताका लागिव्यवस्थितगर्न अहिलेको आचारसंहीताले सहजबनाएको आयोगले बताएको छ । विगतमाहुने तामझाम र बाजागाजासहितको प्रचलनलाई अन्त्य गरी २५ जनामात्रै उपस्थितहुनपाउने प्रावधानले दलदर्ताका लागि केही सहजबनाएको बताएपनिकार्यान्वयनहुनेमाभने विश्वस्तहुने अवस्था छैन ।यस्तै ठूला दलहरु दलदर्ता गर्न जाँदा भीडभाड हुनसक्ने अवस्थालाई मध्यनजर गरी निर्वाचनअधिकृतले विभिन्नदल र सम्भावितउम्मेदवारसँग छलफल गरी समय निर्धारण गर्नसक्ने प्रावधान समेतअघि सारेको छ ।

आयोगले मनोनयनदर्ता गरेका व्यक्तिहरुमाथिउजुरी दर्ता भएको वा अनुसन्धानकाक्रममा रहेका व्यक्तिहरु भएनिर्वाचनआयोग वामुख्यनिर्वाचनअधिकारीको कार्यालयलाई जानकारी गराउन नेपाल सरकारका अनुसन्धानगर्ने निकायहरुलाई आग्रह गरेको छ। उम्मेद्वारबिरुद्ध मुद्दा परेर अनुसन्धानभइरहेको बारेमाजानकारी गराएआयोगले सक्रिय रुपमात्यसको छानबिन गरी अयोग्य ठहरिएमा कानूनतः कारबाहीगर्नेछ ।

यस्तै मनोनयनदर्ता गर्न कानूनीप्रक्रिया पूरा गरेको जो कोहीव्यक्तिले पनि स्वतन्त्रउम्मेदवारी दिनपाउने व्यवस्थाभएकाले आयोगले तोकेको समयभित्रउम्मेदवारी दर्ता गर्नसक्ने अधिकार दिएको छ । आयोगले निर्वाचनको तयारी दु्रतगतिमा अगाडि बढाइरहँदा राजनीतिकदलहरु भने सिट बाँडफाँड तालमेलको रस्साकस्सीमालागेका छन् । अन्तिम चरणमा आएर केही सानादलहरुले भने आफ्नो कित्ता परिवर्तन गरिरहेका छन् ।