नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिकटमा वितरणमा विभेद गरेका छन् । बर्षाैदेखि राजनीति गर्दै आएका भीम रावलजस्ता व्यक्तिलाई टिकटबाट बञ्चित गर्दै ओलीले प्रतिशोध देखाएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावललाई टिकट दिएनन् । टिकट वितरणको अधिकारपार्टीले अध्यक्ष ओलीलाई सुम्पिएपछि रावल टिकटविहिन बनेका हुन् ।
उनको निर्वाचन क्षेत्र अछाम १ मा अध्यक्ष ओलीले भर्खरै माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई उम्मेदवार बनाउने निर्णय सुनाएका छन् ।जबकि सर्वसम्मतरुपमा एकल सिफारिस गरेको थियो । पार्टी विभाजनका बेला माधवकुमार नेपालको पक्षमा उभिएर पनि अन्तिममा १० बुँदे सहमति गर्दै रावलसहितका १० नेता एमालेमै रोकिएका थिए । गतबर्षको मंसिरमा सम्पन्न १० औं महाधिवेशनमा अध्यक्ष ओलीविरुद्धै चुनाव लडेका रावललाई अहिले ओलीले ब्याक फायर हानेका हुन् ।
अब रावलले फरक पार्टीमा गएर चुनाव लड्ने वा स्वतन्त्र उम्मेवारी दिने ? नभए चुप लागेर बस्ने तीन विकल्प अघि आएका छन् । तर रावलले यसको आधिकारिता आफु समक्ष नआएकाले अध्ययन गरेर मात्रै बाँकी कदमको निक्र्यौल गर्ने प्रतिक्रिया दिएका छन् ।
आफ्नो प्रतिस्पर्धी भएकै कारण प्रतिशोध साँधेर ओलीले रावललाई टिकटबाट बञ्चित गरेका छैनन्, राजनीतिक जीवन नै जोखिम पारिदिएपछि सामाजिक सञ्जालभर चर्काे आलोचना भइरहेको छ ।राष्ट्रवादी छबि भएकै कारण ओलीको निर्णयले रावलप्रति सहानुभूति बढीरहेको छ । कतिपयले स्वतन्त्र उम्मेदवारी दिएर एमालेकै उम्मेदवारलाई पत्तासाप बनाएर देखाइदिन सुझाव दिइरहेका छन् ।
किनकि ओलीको रोजाईमा शान्ता चौधरी परेपछि दाङ १ मा गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने आट गरेकि छन् । तर ओलीले आवश्यकता र व्यक्तिको जित्ने सक्ने ताकत देखेरै टिकट वितरण गरेको एमाले नेताहरु बताउँछन् । किनकि आगामी सत्तालाई केन्द्रीत बनाएर टिकट वितरण गरिरहेका ओली जस्ता नेताहरुले यस्ता धेरै आकांक्षीहरुको भविष्य नामेट पर्ने तयारी गरिरहेका छन् ।
त्यसमा पनि गठबन्धन बनाएरै चुनावमा जाने भएपछि दलहरुबीच भागबण्डा मिलाउँदा यस्तै धेरै नेताहरु छुट्ने भएका छन् । अहिले गठबन्धनबाट अलग्गिएर जसपाले एमालेसँग तालमेलको कसरत चलाएपछि उम्मेदवार टुंग्याएर पनि ओलीले सार्वजनिक गर्न चाहेका छैनन् । झण्डै २२ देखि २५ सिट दिएर जसपालाई साथमा लिन ओली र उपेन्द्र बालकोटमा घनिभूत परामर्श गरिरहेका बेला राप्रपासमेत ओलीसँगै जाने परिपक्क वातावरण बनिरहेको छ ।
तर जसपा र राप्रपालाई मिलाएर जान ओलीका लागि निकै चुनौती बनेको छ । बाँकेमा राप्रपाका महामन्त्री धवलशमशेर राणा चुनाव लड्ने तयारी गरिरहेका छन् । तर त्यही निर्वाचन क्षेत्रमा जसपाका मोहमद इस्तियाक राई पनि बलियो उम्मेदवार हुन् । यस्ता धेरै क्षेत्रमा पार्टीबीचको सन्तुलन मिलाएर जान ओली, उपेन्द्र वा राजेन्द्रलाई निकै संकट छ ।
तर कुनैबेला ओलीलाई प्रतिगमनकारीको धब्बा लगाएर सडक, चोक चौतारोमा हुंकार लगाएका उपेन्द्र र हुति नभएकाले गठबन्धन बनाउँछन् भन्दै सत्तोसराप गरेका ओलीहरु एक ठाउँमा उभिएपछि एकातिर गठबन्धन टुक्रिएको छ, अर्काेतिर बनेको छ ।


प्रतिक्रिया