Breaking

लोसपाको दावीः संघमा १५ सिट प्रदेशमा मुख्यमन्त्री


काठमाडौँ — एमालेसँग वार्ता टोली बनाएर गठबन्धन गर्न लागिपरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूलाई अचानक बालुवाटार धाउनुपर्ने बाध्यता आइलाग्यो । आज शुक्रबार दिउँसो लोसपाका नेताहरु अनिल झा, जितेन्द्र सोनल र शरतसिंह भण्डारी कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाको गठबन्धनसँग छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास पुगे ।

यसअघि एमालेसँग छलफल गर्न गठित कार्यदलका संयोजक राजेन्द्र महतो भने बिसञ्चो दर्शाउँदै अनुपस्थित रहे । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरू भेट्दै लोसपाका नेताहरूले मधेसमा नयाँ परिस्थिति विकसित भएको भन्दै गठबन्धनमा सहभागी हुने आकांक्षा देखाएका थिए ।