कोरोना विशेष

देशभर ६२८ जना सक्रिय संक्रमित


पछिल्लो २४ घण्टामा ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

७३७ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोही अवधिमा ६८ जना निको भएको जनाएको छ । सो अवधिमा मृत्यु संख्या शून्य रहेको छ ।

हाल देशभर ६२८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।