Breaking

समानुपातिक तर्फको २ करोड मतपत्र छपाई सकियो


काठमाडौँ— आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइको काम सकिएको छ ।

झन्डै ४ करोड बढी मतपत्र छपाइको काम सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिएका छन् । मतपत्र छपाई सकेर प्याकिङको क्रममा रहेको र १ सय ६५ निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको उनले बताए ।

आयोगले असोज २३ गतेदेखि प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन दर्ताको काम सुरु गर्दैछ । असोज २८ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु गर्ने आयोगको तयारी छ ।