काठमाडौँ — धनकुटा पाख्रिवास नगरपालिका ९ मा बाबुले छोराको हत्या गरेका छन् । पाख्रिवास ९ का ५४ वर्षका उपेन्द्र ठाडाले धारिलो हतियार प्रहार गरी छोरा ३० वर्षीय सन्तोषको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।
घटना शुक्रबार बिहान साढे ८ बजे घरमा भएको जनाइएको छ । घटनास्थलतर्फ प्रहरी जाँदै गरेको कारणले घटनाको विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ। घटना घरायसी विवादका कारण भएको जनाइएको छ ।
प्रतिक्रिया