देश

सल्यानको कपुरकोटमा पहिरोले ३ घर पुरिए


काठमाडौँ— सल्यानको कपुरकोट गाउँपालिका ३ सलाममा पहिरो जाँदा तीन घर र दुई गोठ पुरिएका छन् । पहिरोमा परी केही चौपाया मरेका छन् । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार पहिरोले स्थानीय केशरसिंह रानाको एउटा कच्ची घर र गोठ, बिरबहादुर रानाको एउटा कच्ची घर र विजय सिंह बुढाको एउटा कच्ची घर र गोठ पुरिएका छन् । गोठमा रहेका भैंसी तथा बाख्रा पुरिाएर मरेको समेत प्रहरीले जनाएको छ ।

क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।