समाचार

पाल्पामा पहिरोले घर पुरिँदा २ जना घाइते


काठमाडौँ – चार दिन देखि परेको अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा दुई जना घाइते भएका छन् ।

तिनाउ गाउँपालिका–६ मस्यामस्थित चिदीसका नीरबहादुर सारूको घर शुक्रबार बिहान ३ बजे पहिरोले पुरिएको हो ।

घाइते हुनेमा डेढ वर्षीया आरुषी खासु र २१ वर्षीया विष्णुमाया सारु रहेको प्रभास प्रहरी चौकी प्रमुख प्रहरी नायब निरीक्षक भरत थापाले बताए। घाइते दुवैजनाको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। थापाका अनुसार घाइतेको अवस्था सामान्य छ ।