देश

सन्दीप लामिछानेलाई हथगडी लगाएपछि सामाजिक सञ्जालमा आक्रोश


काठमाडौँ— प्रहरीसामु प्रस्तुत हुने भन्दै सार्वजनिक जानकारी दिएर कतारबाट नेपाल फर्किएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई त्रिभुवन विमानस्थलमा हथगडी लगाएर नियन्त्रणमा लिईएको थियो । उनले हथगडी छोप्न रुमालको प्रयोग गरेका थिए।

धेरैको ध्यान सन्दीपभन्दा उनको हातमा गयो जुुसको कारण आलोचना भएको छ । सामाजिक सञ्जालमा आत्मसमर्पण गरेको व्यक्तिलाई हथगडी किन लगाएको भनी प्रश्नहरु ओइररिएका छन् । सन्दीपमाथि १७ वर्षीया नाबालिकमाथि बलात्कारको आरोप छ ।

सन्दीपले बिहिबार विहानै कतारबाट नेपाल आउने विमान चढ्नु अघि आफू सरकारको आधिकारिक निकायमा प्रस्तुत हुने उल्लेख गरेका थिए ।फेसबुकमा लेख्दै उनले प्रहरीलाई लिखित रुपमा जानकारी गराइसकेको र प्रहरीमा पुग्ने बताएका थिए ।

लामिछानेले आफूमाथि लागेको बलात्कारको आरोपबारे छानविनका लागि अनुसन्धान र कानूनी प्रक्रियामा सहयोग गर्ने उल्लेख गरेका थिए ।